Wednesday, April 15, 2015


Rara_650 (2)
शब्द/तस्वीर कविराज कार्की (सुकाढीक, मुगु)
मुगु जिल्लास्थित नेपालकै सुन्दर एवं ठूलो ताल रारा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यातायातको भरपर्दो व्यवस्था नभएका कारण विगतका वर्षहरुमा ओझेलमा परेको रारा अब विस्तारै हेर्न चाहनेका लागि सहज बन्दैछ ।
२ हजार ९ सय ९० मिटरको उचाइमा रहेको रारामा लेकाली वनस्पति तथा जीवजन्तुहरु प्रशस्त पाइन्छन् । हिउँदमा तालको किनारा हिउँले सेताम्मे देखिन्छ भने साउनदेखि असोजसम्म विभिन्न जातका रंगीचंगी लेकाली फूल र वनस्पतिले बुट्टेदार गलैंचा बिछ्याएजस्तो देख्न पाइन्छ ।
चैत्रको अन्तिम सातादेखि जेठको मध्यसम्म लालीगुराँस तथा चिमालोको रातो र सेतो फूलले रारा हेर्न जाने जो कोही पनि थकाइको प्रवाह नगरी मन्त्रमुग्ध हुन्छन् ।
Rara_650 (1)
कुल १०.८ वर्ग किलोमिटरमा फैलिएको राराले छिनछिनमा रंग बदलेको अनौठो दृश्य देख्न पाइन्छ । १६७ मिटर गहिरो यो तालमा लेकाली जातको असला माछा पाइन्छ ।
ताल किनाराको जंगलमा कालिज, डाँफे, ढुकुरलगायतका थुप्रै लेकाली चरा एवं पानीहाँसले राराको सुन्दरता झनै बढाएका छन् ।
यहाँ पाइने जंगली जन्तुहरुमा कस्तुरी मृग, रतुवा, झारल, बँदेल, मलसाप्रोदेखि वन्यजन्तु रेडपाण्डा समेत भेटिने गर्छ ।
रारालाई प्रकृतिको ऐनाभन्दा फरक नपर्ला । किनभने आकास र ताल वरिपरिको दृश्य एकैचोटि छर्लंग देख्न सकिन्छ । बिहानदेखि साँझ सम्म राराले रुप फेरिरहने भएकाले जति हेरे अघाइँदैन ।
रारासम्म पुग्न जो कोहीलाई पनि विगतकोजस्तो कष्ट ब्यहोर्न अब नपर्ला । किनभने लामो समयको प्रतिक्षापछि ताल्चा विमानस्थल यसै आर्थिक वर्षभित्र पक्की बन्दैछ । त्यसैगरी नाग्म-गमगढी सडक पनि केही वर्षभित्रै पक्की हुने मुगुवासीले अपेक्षा गरेका छन् ।
Rara (3)Rara (4)
Rara (5)
Rara (6)
Rara (7)
Rara (8)
Rara (9)
Rara (10)
Rara (11)
Rara (12)
source :- अनलाइनखबर

Old Post

Powered by Blogger.

Total Pageviews

Followers

Find us on Facebook

Video

Popular Posts